प्रशासनसमाचार

४५९ विदेशी नागरिक नेपालबाट निष्कासित

नेपालअखबार, काठमाडौँ । सन् २०२३ मा ४५९ विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरिएको छ ।

आइतबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अध्यागमन विभागले सन् २०२३ मा ४५९ विदेशी नागरिकलाई विभिन्न कारणले नेपालबाट निष्कासन गरिएको जानकारी दिएको हो ।

विभागका महानिर्देशक रुद्रसिंह तामाङले सन् २०१७ मा ५५९,२०१८ मा ६७८,२०१९ मा ६७१,२०२० मा ३३२,२०२१ ३०८ र २०२२ मा ५७० जना विदेशी नागरिकलाई विभिन्न कारणले नेपालबाट निष्कासन गरिएको बताए ।

यस्तै उनले गैरआवसीय नेपाली नागरिकता लिएका नेपाली मूलका विदेशीहरुको भिसा शुल्क सम्बन्धमा स्पष्ट नभएकाले समस्या आएको बताए ।

विभागका अनुसार १७ बुँदे निर्देशनको कारण सन् २०२३ मा ६ हजार १३२ जना नेपाली नागरिक विमानस्थलबाट फर्काइएका छन् ।

the authoradmin