राजनीतिविचारसमाचार

नागरिकता विधेयकबारे प्रधानमन्त्री ओलीले मागे सुझाव

Nepal Akhabar

नेपाल अखबार, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले संसदमा विचाराधीन नागरिकता विधेयकका बारेमा पार्टीका नेता तथा सांसदहरुसँग राय सुझाव मागेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेता तथा सांसदहरुसँग शुक्रबार बालुवाटारमा रायसुझाव मागेका हुन् ।
छलफलमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, सांसदहरु देव गुरुङ, शशि श्रेष्ठलगायत रहेका छन् । उनीहरुसँग सरकारले विधेयकका बारेमा राय सुझाव मागिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जनाएका छन् । यसअघि बिहीबार ओली र प्रचण्डले काँग्रेसको धारणा सुनेका थिए ।
नागरिकता विधेयक संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा २०७५ साल भदौ ५ गतेदेखि विचाराधीन छ । बुधबारमात्रै प्रतिनिधि सभाको राज्य व्यवस्था समितिले नागरिकता विधेयकमा ५ दिनभित्र सहमति कायम गर्न सरकारलाई निर्देशन दिएकाले सरकारले सहमति जुटाउन छलफल गरेको हो ।
विधेयकमाथि समितिको छलफलमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात बर्षपछि मात्रै अंगिकृत नागरिकता दिने वा त्यो भन्दा कम समयमै दिने भन्नेमा सहमति हुन सकेको थिएन । यसमा खासगरी काँग्रेस त्यसरी विवाह गरेर आउने महिलालाई तत्काल नागरिकता दिनुपर्ने पक्षमा छ भने नेकपाका हतार गरेर नागरिकता दिनु नहुने पक्षमा छ ।

the authoradmin

Leave a Reply