राजनीतिसमाचार

झण्डापार्कमा बसेर २३ जनाले गरे कम्युनिष्ट घोषणा पत्र वाचन

नेपालअखबार, पोखरा । पोखराको झण्डापार्कमा बसेर २३ जनाले कम्युनिष्ट पार्टीको घोषणा पत्र वाचन गरेका छन् । कम्युनिस्ट पार्टीको घोषणापत्र जारी भएको १७६ औं बर्ष पूरा भएको अवसरमा पोखरेली २३ जनाले २३ पृष्ठको कम्युनिष्ट घोषणापत्र वाचन गरेका हुन् । पोखरा महेन्द्रपुलस्थित भीमसेन पार्कमा निर्माण गरिएको झण्डापार्कका रहेको १९३ देशको झण्डामुनी बसेर माक्र्स र एंगेल्सका अनुयायीहरुले कम्युनिष्ट घोषणा पत्र वाचन गरेको युवा नेता शेखर गौतमले जानकारी दिए ।

२३ जनाले घोषणा पत्र वाचन गर्दा अन्य सहभागीहरुले सुनेर बसेको उनले बताए । १७६ वर्ष अगाडि त्यस बेलाको समाजको बिभेदलाइ चिर्न माक्र्स र एंगेल्सले समाज रुपान्तरणको निम्ति कम्युनिस्ट घोषणापत्र जारी गरेका थिए ।No description available.

कार्यक्रममा सहभागी युवा नेता माधव बास्तोलाले कम्युनिष्ट घोषणा पत्रमा प्रतिबद्ध भएर नीति, कार्यक्रम र व्यवहार लागु गर्न आग्रह गर्दै घोषणा पत्र वाचन गरेका थिए ।  ६० जनाकाे उपस्थिति रहेकाे थियाे । No description available.

the authoradmin