राजनीतिशिक्षासमाचारसमाज

नेपाली जनताका छोराछोरीलाई प्राविधिक शिक्षा लिन सरकारले भूमिका खेल्नु पर्छ : पूर्वप्रधानमन्त्री खनाल

नेपालअखबार, काठमाडाैं  ।  इलाममा रत्नकुमार बान्तवा वहुप्राविधिक शिक्षालय उदघाटन  गर्दै  प्रमुख अतिथि  पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपाली जनताका छोराछोरीलाई प्राविधिक शिक्षा लिन सरकारले भूमिका खेल्नु बताउनुकाे छ ।   पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफ्नो पैत्रिक सम्पत्तिबाट ५६ रोपनी जग्गा दान गरेर रत्नकुमार बान्तवा वहुप्राविधिक शिक्षालय आफै प्रधानमन्त्री हुँदा राष्ट्रिय बजेटमा पार्नुभएको एउटा राष्ट्रिय गौरवको आयोजनाकाे रूपमा रहेकाे थियाे ।  यो इलाम जिल्लाको मात्र होइन सिंगो नेपालको सम्पदा बन्ने पूर्व प्रधानमन्त्री खनालले दाबी गर्नु भयाे ।

यो आयोजना पूर्व प्रधानमन्त्री झलनाथ खनालले २०६९ माघ १८ गते शिलान्यास गर्नुभएको थियो। रत्नकुमार बान्तवा वहुप्राविधिक शिक्षालय को सम्पूर्ण भौतिक संरचना निर्माण भइसकेर देशभरबाट ५०० जना प्राविधिक विद्यार्थीहरू भर्ना भई पढ्ने वातावरण मिलेको छ ।

May be an image of 5 people, dais, temple and text

May be an image of one or more people, crowd and templeMay be an image of one or more people, crowd and tree

the authoradmin