Saturday, July 11

सेतीमा माछा मार्न गएका एक जना मृत फेला परे, अर्का एक बेपत्ता

नेपालअखबार, पाेखरा। सेती नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले फेला पारेको छ।

Advertisement

कास्की, पोखरा महानगरपालिका वडा नम्बर १७ महतगौडास्थित सेती नदीमा माछा मार्न गएका पाँच जनामध्ये दुई जना बेपता भएका थिए।

Advertisement
Advertisement

पोखरा महानगरपालिका वडा नम्बर १ का ४० वर्षीय मंगा तामाङ मृत अवस्थामा फेला परेको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

Advertisement

सशस्त्र प्रहरी बल, नम्बर २४ कालिका  गण कास्कीबाट खटिएको टोलीले उनको शव सोमबार राति एक बजे ढुंगामा अड्किएको अवस्थामा फेला पारेको सहप्रवक्ता थापाले जानकारी दिए।

उनका अनुसार सोही ठाउँमा ४३ वर्षीय रक्सेस तामाङ नदीमा बेपत्ता नै छन्।

उनको गोताखोर र विपद् उद्धार टिमले खोजी गरिरहेको प्रवक्ता थापाले जानकारी दिए।

मृत भेटिएका मंगाको शव पोस्टमार्टमको लागि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको उनले बताए।

माछा मार्न गएका अन्य तीन जना भने सकुशल रहेका छन् ।