Saturday, May 23

बालकुमारी घटनाबारे सुझाव दिन दुई सदस्यीय समिति गठन

नेपालअखबार, काठमाडौँ । सरकारले बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गरी कार्यान्वयनका लागि सुझाव दिन दुई मन्त्रीलाई जिम्मा दिएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले प्रतिवेदन अध्ययन गरी फागुन २० गतेभित्र सिफारिस गर्न दुई मन्त्रीलाई जिम्मा दिएको हो ।

समितिमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनरााज गुरुङ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत रहेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

Advertisement