Sunday, July 12

एकीकृत समाजवादीको सचिवालय बैठकले गर्‍यो दुई निर्णय

नेपालअखबार, काठमाडाैं । सत्ता साझेदार पार्टी एकीकृत समाजवादीको सचिवालय बैठक सोमबार बसेको छ।

Advertisement

आज बसेको सचिवालय बैठकले बासु दुलालले नेतृत्व गरेको स्वतन्त्र गणतान्त्रिक समाजवादी मोर्चा एकीकृत समाजवादीमा स्वागत गरेकाले त्यसलाई स्वागत गर्ने निर्णय भएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

Advertisement
Advertisement

दुलाल माओवादी केन्द्रको प्रदेश कमिटीको सचिवालय सदस्य रहेको खतिवडाले बताए।

Advertisement

मंगलबार र बुधबार पार्टीको पहिलो महाधिवेशनका लागि गठिन दस्तावेज लेखन समितिको बैठक बस्ने पनि उनले बताए।

त्यस्तै समाजवादी मोर्चाको नेपालको सोमबार बिहान बैठक बसेको पनि उनले बताए। मोर्चाले चैत ३ गते काठमाडौंमा  नेपाली विशेषताको समाजवाद नामक कार्यक्रम गर्ने निर्णय भएको उनले बताए। त्यस्तै समाजवादी मोर्चा नेपालको प्रकाशन पनि सुरू गर्ने पनि उनले बताए।

समाजवादी मोर्चाले कम्युनिस्ट, वामपन्थी घटक दलहरूलाई पनि आबद्धताका लागि छलफल गर्ने निर्णय यसअघि नै गरिसकेको छ।