राजनीतिसमाचार

सम्मानित नेता खनाल र चिनियाँ राजदूत छन् सोङ्‌बीच भेटवार्ता

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल र चिनियाँ राजदूत छन् सोङ्‌बीच भेटवार्ता भएको छ।

पार्टीको विदेश विभाग प्रमुखसमेत रहनु भएका नेता खनाल र नेपालका लागि चिनियाँ राजदूत सोङ्‌बीच मंगलबार खनाल निवास डल्लुमा शिष्टाचार भेटघाट भएको हो। भेटमा विदेश विभाग सचिव डा.शंकर खतिवडाको समेत सहभागिता रहेको थियो।

सम्मानित नेता खनाल र राजदुत सोङ्बीच समसामायिक परिस्थिति, आपसीहित तथा नेपाल चीन सम्बन्धका विविध पक्षमाथि कुराकानी भएको खनालको सचिवालयले जानकारी दिएको छ।

the authoradmin