राजनीतिसमाचार

संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै

नेपालअखबार, काठमाडौँ । संघीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । जसअनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजेबाट सुरु हुनेछ ।

प्रतिनिधि सभाको बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन (आ.व.२०७९/०८० पेस गर्ने, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, आ.व. २०८१/०८२ को लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ । साथै प्रतिपक्ष दलहरूले उठाएको समसामयिक विषयका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिने कार्यसूची रहेको छ ।

दिउँसो सवा एक बजेबाट सुरु हुने राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले लोक सेवा आयोगको ६४ औँ वार्षिक प्रतिवेदन, २०७९/०८० सभा समक्ष पेस गर्ने, नवनिर्वाचित सदस्यहरूको स्वागत तथा सदस्यहरूबाट सभामा अपेक्षा प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

the authoradmin