Tuesday, August 18

आज नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक बुधबार (आज) बस्दै छ।

Advertisement

आज बस्न लागेको सचिवालय बैठकमा पार्टी केन्द्रीय सचिव जीवनराम श्रेष्ठकाअनुसार विकसित राजनीतिक घटनाक्रम र विविध विषयमाथि छलफल हुनेछ।

Advertisement
Advertisement

पार्टी केन्द्रीय कार्यालय आलोकनगर काठमाडौँमा बुधबार बिहान ११ बजे सचिवालय बैठक बोलाईएको सचिव श्रेष्ठले जानकारी दिनुभयो।

Advertisement

कांग्रेससँगको सत्ता गठबन्धन भत्काएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्ता समिकरण बनाएपछिको विकसित अवस्थाका बारेमा सोमबार पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निवास कोटेश्वरमा सचिवालय बैठक बसेको थियो।

उक्त बैठकले प्रधानमन्त्रीले बनाएको नयाँ सत्ता समिकरणको उदेश्य, निर्णय र प्रक्रियाबारे जानकारी लिने र दृष्टिकोण तयगर्ने निर्णय गरेको थियो। मंगलबार राती प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका शीर्ष नेता कोटेश्वर पुग्नु भएको थियो।