राजनीतिसमाचारहाइलाइट-समाचार

आरजुसहित देउवा पुगे नेपाल निवास

नेपालअखबार, कामाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न उनको निवासमा पुगेका छन् ।

सत्ता गठबन्धनमा सामेल हुने वा नहुने भन्ने विषयमा पार्टीभित्र छलफल गरिरहेका नेपालसँग अप्रत्यासित रुपमा प्रतिपक्षी कित्तामा पुगेको कांग्रेस सभापति देउवाले भेट गर्न लागेका हुन् । देउवा केहीबेर अघि मात्रै पत्नी आराजु देउवा र पार्टीका नेता रमेश लेखकसहित कोटेश्वरस्थित नेपालको निवासमा पुगेका हुन् ।

अध्यक्ष नेपाललाई मंगलबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि घरमै पुगेर नयाँ गठबन्धनमा सामेल हुन आग्रह गरेका थिए ।

deuba arju

the authoradmin