Wednesday, July 1

उपेन्द्र यादवकै नेतृत्वमा जसपा सरकारमा जाने

नेपालअखबार, काठमाडाैं । जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने भएको छ।

Advertisement

केन्द्रीय कार्यकारिणी समितिको बिहीबार बिहान बसेको बैठकले मन्त्रीहरूको टुंगो लगाएको हो।

Advertisement
Advertisement

बैठकले अध्यक्ष यादव र सप्तरी-१ बाट निर्वाचित सांसद नवलकिशोर साहको नाम टुंगो लगाएको छ।

Advertisement

अध्यक्ष यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा साह वनमन्त्री बन्ने पार्टीका प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

जसपाले स्वास्थ्य राज्यमन्त्री पनि पाउने टुंगो लागेको छ। त्यसमा दीपक कार्कीको नाम चर्चामा रहेको उनले बताए।

‘त्यसमा महिला पठाउने कि भनेर पनि छलफल भइरहेको छ,’ उनले भने।

केहीबेरमा मन्त्रीहरूको नाम पठाइने र आजै शपथको सम्भावना रहेको पनि उनले बताए।