समाचारसमाज

पोखरामा लैङ्गिकताको सवालमा मिडियाको भुमिका विषयक संवाद सम्पन्न

Nepal Akhabar

नेपालअखबार, पोखरा । पोखरामा ११४ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज लैङ्गिकताको सवालमा मिडियाको भुमिका विषयक संवाद सम्पन्न भएको । No description available.नेपाल पत्रकार महासंघ कास्की शाखा,सञ्चारिका समुह गण्डकी प्रदेश,इन्सेक गण्डकी तथा महिला मानव अधिकार रक्षक संजाल कास्कीको संयुक्त आयोजनामो उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गण्डकी प्रदेश सभाका उपसभामुख विना कुमारी थापामगरले समाज परिवर्तनमा सञ्चारको महत्वपुर्ण भुमिका रहेकोले पत्रकारहरुले सुचना र समाचार प्रवाह गर्दा लैङगिक सम्वेदनशिलतालाई ध्यान दिनुपर्नेमा जोड दिए । उनले दिवस र अभियानमा मात्र नभई पत्रकारहरुले ३ सय ६५ दिन नै सजकताका साथ महिलाका विषयका समाचारहरुलाई प्राथमिकता दिन आग्रह गरिन् ।

सोही अवसवरमा कार्यक्रमका सभाध्यक्ष तथा नेपाल पत्रकार महासंघका अध्यक्ष विमला भण्डारीले महिलाका सवालमा बिभिन्न नीतिहरु निर्माण भएपनि कार्यन्वयन गर्ने स्थानमा महिलाको उपस्थिती नहुदा यी नीतिनियमहरु कागजमै सिमित रहेको गुनासो गरिन् । उनले जवसम्म निर्णायक तहमा महिलाको प्रतिनिधित्व रहदैन तवसम्म यस्ता नीतिनियमहरुले सार्थकता नपाउने जिकिर गरिन् ।No description available.

सोही अवसरमा कार्यक्रम माथी प्रकाश पार्दै सञ्चारिका समुह गण्डकीका अध्यक्ष कविता श्रेष्ठले महिलाका मुद्दा राष्ट्रिय मुद्दा भएकोले यस प्रति हरेक निकायले सजकता अपनाउनुपर्ने बताईन् । साथै उनले समता र समावेशिताको अवधारणालाई कार्यान्वयन पोखरा स्थित सम्पुर्ण सञ्चार गृहलाई आग्रह गरिन् ।

कार्यक्रममा नेपाल प्रेस काउन्सिलका केन्द्रिय सदस्य दुर्गा भण्डारीले समाचारमा लैङगिक संवेदनशिलताका विषयलाई कसरी सम्प्रेशन गर्ने र यसले कस्तो प्रभाव पार्छ भन्ने विषयमा सहजिकरण गरेका थिए भने इन्सेक गण्डकीका कार्यक्रम अधिकृत सवनम शर्माले गण्डकी प्रदेशमा मानव अधिकारको चुनौति र सवालका बारेमा सहजिकरण गरेकी थिईन् ।

सञ्चारिका समुह गण्डकी प्रदेशकी सचिव कविता घर्तीमगरले सञ्चालन गरेको उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सरिता तिमिल्सिना,पत्रकार महासंघका उपाध्यक्ष रामप्रसाद तिमिल्सिना, जमुना वर्षा शर्मा,महासंघका सहसचिव श्रीराम सिग्देल,फोनिज गण्डकी प्रदेशका अध्यक्ष रुद्र श्रीषमगर,प्रेस युनियन कास्कीका उपाध्यक्ष ज्योति हमाल लगाएत पोखराका विभिन्न सञ्चार गृहमा कार्यरत करिव ४० जना पत्रकारहरुको सहभागिता रहेको थियो ।

the authoradmin