राजनीतिविश्वसमाचार

आयरल्याण्डले सबैभन्दा कान्छो प्रधानमन्त्री पाउँदै

Nepal Akhabar

नेपालअखबार, डब्लिन । साइमन ह्यारिस ३७ वर्षको उमेरमा आयरल्याण्डको सबैभन्दा कान्छो प्रधानमन्त्री बन्ने भएका छन् । सत्तारुढ फाइन गेल पार्टीले ह्यारिसलाई दलको नयाँ नेता चयन गरेपछि उनी पूर्वप्रधानमन्त्री लियो भाराडकारको उत्तराधिकारी बन्ने भएका हुन् ।

लियोले गत बुधबार ‘व्यक्तिगत र राजनीतिक कारण’ देखाउँदै पदबाट राजीनामा दिएका थिए । सन् २०१७ मा लियो ३८ वर्षको उमेरमा आयरल्याण्डका कान्छो प्रधानमन्त्री बन्दै चर्चा कमाएका थिए ।

यता, दलको नेता चयन भएपछि पार्टीको सम्मेलनलाई सम्बोधन गर्दै ह्यारिसले आफू निकै गौरवान्वित भएको जिकिर गरे । उनले उत्कृष्ट नेतृत्वका लागि लियोलाई धन्यवादसमेत दिए ।

ह्यारिसले यसअघि शिक्षा मन्त्रीका रूपमा काम गरेका थिए । त्यस्तै, सन् २०१६ देखि २०२० सम्म आयरल्याण्डको स्वास्थ्य मन्त्री पनि बनेका थिए ।

the authoradmin