राजनीतिसमाचार

आज चार बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

नेपालअखबार, काठमाडौँ । आज (बिहीबार) अपराह्न मन्त्रिपरिषद् बैठक बस्दैछ । अपराह्न चार बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्  बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नियमित बैठक भएकाले विभिन्न मन्त्रालयका प्रस्तावमाथि छलफल गरेर निर्णय हुने एक मन्त्रीले जानकारी दिए । मन्त्रिपरिषद्को नियमित बैठक सामान्यतया सातामा सोमबार र बिहीबार बस्ने गर्छ ।

the authoradmin