Thursday, August 27

सुदूरपश्चिम मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सत्ता गठबन्धनमा सहमति

नेपालअखबार, काठमाडाैं। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नेकपा (एकीकृत समाजवादी) लाई दिने सत्ता गठबन्धनभित्र सहमति भएको छ।

Advertisement

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सातमध्ये कम्तीमा एक मुख्यमन्त्री आफ्नो पार्टीलाई दिनुपर्ने अडान गठबन्धन बैठकमा राखेका थिए।

Advertisement
Advertisement

बालुवाटारमा सोमबार भएको गठबन्धन बैठकमा एकीकृत समाजवादीलाई तत्काल सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री दिने सहमति बनेको बालुवाटार स्रोतले जनाएको छ।

Advertisement

बैठकमा सत्तारूढ नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादी अध्यक्ष नेपालबीच छलफल भएको थियो।

बागमती प्रदेशमा आलोपालो मुख्यमन्त्री बन्ने सहमति पनि भएको छ। यससँगै बागमतीमा माओवादी केन्द्र संसदीय दल नेता शालिकराम जम्कट्टेललाई सोमबार एकीकृत समाजवादीले विश्वासको मत दिने भएको छ। जम्कट्टेलपछि एकीकृत समाजवादी संसदीय दल नेता कृष्ण खनाल मुख्यमन्त्री बन्ने समझदारी बनेको स्रोतको भनाइ छ।