Friday, May 15

जसपाको समानुपातिक सांसदमा हसिना खान सिफारिस

नेपालअखबार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले समानुपातिक सांसदका लागि बाँकेकी हसिना खानको नाम सिफारिस गरेको छ ।

समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त स्थान पूर्तिका लागि केन्द्रीय कार्यकारिणी समितिको बिहीबारको बैठकले २७ वर्षीया खानलाई सिफारिस गरेको जसपाको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा मञ्जु सांसद मनोनीत भएकी थिइन् । उनको पनि सिभिल अस्पतालमा उपचारको क्रममा चैत ४ गते निधन भएपछि रिक्त स्थानमा हसिना सिफारिसमा परेकी हुन् ।जसपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको मुस्लिम महिला क्लस्टरको सूचीमा हसिना थिइन् ।

Advertisement