इरफान अलि,वीरगंज । भारत विराेध नारा जुलुस गरेकाे अभियाेगमा पर्सामा अाज दुई जना पक्राउ परेका छन । भारत विराेध गतिवधि गरेकाे भन्दै पर्सा प्रहरीले २ जनालाइ पक्राउ गरि नियन्त्रणमा लिएकाे छ । केही दिन अगाडि नेपाल भारत बार्डरमा सशस्त्र प्रहरीकाे गाली लागि एक जना भारतियकाे मृत्यु भएकाे थियाे । भारतियकाे मृत्युकाे विराेधमा भारतका विभिन्न राज्यमा नेपाल विराेध नारा जुलुस गरेका छन भने नेपाली ध्वज समेत जलाएका छन ।

नेपालकाे झण्डा जलाएकाे विराेधमा पर्साका जनता समाजवादि पार्टिका स्थानिय युवाहरु विराेध जनाए पछि पर्सा प्रहरीले पार्टिका २ जना कार्यक्रतालाई नियण्त्रणमा लिएकाे छ ।
समाजवादी पार्टी पर्साले नेपालकाे झण्डा जलाउने भारतियहरुकाे पुतला र भारतकाे झण्डा जलाउन खाेजेपछि नियण्त्रणमा लिएकाे वडा प्रहरी वीर्ताका प्रहरी निरिक्षक निर्मल पनेरुले बताए ।
पक्राउ पर्नेमा वीरगंजका माहसिन मिया र लियाकत अलि रहेका छन । पक्राउ परेकाहरुकाे कानुनी कार्यवाहिकाे प्रक्रिया अघि सारिएकाे पर्सा प्रहरीले जनाएकाे छ ।

शान्तिपुर्ण प्रदर्शनमा प्रहरिले दमन गरेकाे भन्दै समाजवादि पार्टि पर्साले निन्दा गरेकाे छ । पक्राउ परेकालाई विना शर्त रिहा गर्न माग राख्दै समाजवादी पार्टीका नेता कार्यक्रताहरु वीरगंजकाे सडकमा विराेध प्रद्रशन गरेका छन ।
