राजनीतिसमाचारहाइलाइट-समाचार

नेकपा एसको दशौँ महाधिवेशन २०८१ असार १६ गते देखि २० गतेसम्म हुने

Nepal Akhabar

नेपालअखबार,काठमाण्डौ । नेकपा (एकीकृत समाजवादी) को दशौँ महाधिवेशन २०८१ असार १६ गते देखि २० गतेसम्म हुने भएको छ ।
पार्टी कार्यालयमा बुधबार बसेको ८० औ सचिवालयको बैठकले महाधिवेशन एक महिना पछि सारेर असार १६ देखि २० सम्म गर्ने निर्णय गरेको हो ।
आन्तरिक तयारी पुरा भई नसकेको र तल्ला कमिटीबाट समेत माग भई आएकाले जेठ ३ देखि ७ गते सम्म निर्धारित महाधिवेशन केही पछि सार्नुपरेको पार्टी उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनु भयो ।

the authoradmin