राजनीतिसमाचार

आज पनि सङ्घीय संसद्को वेबसाइट ह्याक

Nepal Akhabar

नेपालअखबार, काठमाडौँ । पछिल्लो समय निरन्तर जसो भइरहेको सङ्घीय संसद्को वेबसाइट डाउन र ह्याक हुने समस्या अझै हल हुन सकेको छैन । संसद्को वेबसाइटमा निरन्तर ह्याकरले पहुँच पुर्याइरहेका छन् ।

बिहीबार पनि सङ्घीय संसद्को वेबसाइट ह्याक भएको छ । वेबसाइटको प्रमुख फोटो डिस्प्लेमा ह्याकरले भारतलाई सम्मान र चीनप्रति नकारात्मकता फैलाउने सामाग्री राखेका छन् । फोटोमा लेखिएको छ– ‘ह्वाट इज चाइना नोथिङ, स्टप सपोर्टिङ चाइना’ ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरिले भने, ‘हाम्रो पेज पूरै ह्याक भएको त छैन । तर, पेजमा स्पोन्सर हुने जस्तो गरी सामाग्री राखिएको रहेछ । केही समय अघि मात्रै हामीले थाहा पायौँ । यो बारे समाधान गर्ने कोसिस आइटी टिमले गरिरहेको छ ।’

सरकारी कार्यालय त्यो पनि सङ्घीय संसद्को वेबसाइट पछिल्लो समय निरन्तर जसो डाउन र ह्याक हुने प्रवृत्ति बढेको छ । जसले संसदीय सूचनाको संरक्षणमा असर गरेको छ ।

pratinidisawa

the authoradmin