Sunday, July 26

दम्पती हत्या आरोपमा दुईजना पक्राउ

नेपालअखबार, पर्वत। पर्वतको  जलजला गाउँपालिका-२ मा  दम्पतीको हत्यामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन्।

Advertisement

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले मंगलबार कृष्ण विक र दिपक परियारलाई पक्राउ गरेको हो।

Advertisement
Advertisement

कृष्णलाई म्याग्दी र दिपकलाई कास्कीबाट पक्राउ गरिएको सिआइबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले जानकारी दिए।

Advertisement

‘उनीहरूले लुटपाटका लागि दम्पतीको हत्या गरेको देखिएको छ। बाँकी अनुसन्धान भइरहेको छ,’ उनले भने।

चैत १९ गते सोमबार राति  घरभित्रै ६८ वर्षीय सूर्यबहादुर जिसी र अन्दाजी ६५ वर्षीया श्रीमती गमला जिसीको हत्या भएको अवस्थामा मंगलबार बिहान ८ बजे शव फेला परेको थियो।

प्रहरीका अनुसार  छोराले गरेको फोन नउठाएपछि छिमेकी उनीहरूको घरमा हेर्न गएका थिए।  ढोकामा ताला लगाएको देखेपछि उनका छोरा आफैँ आएर ढोका खोल्दा मृत अवस्थामा फेला परेका हुन्।

घटनास्थल पुगेको प्रहरीले हत्या भएको आशंकामा अनुसन्धान अगाडि बढाएको थियो। एक महिनाको अनुसन्धानमा प्रहरीले दुई जनालाई पक्राउ गरेर थप अनुसन्धान एसपी बोगटीले जानकारी दिए।