समाचारसमाज

काठमाडौँमा दुई जना मृत फेला

नेपालअखबार,काठमाडौँ । काठमाडौँमा आइतबार दुई जना मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौँ महानगरपालिका-३१ पुरानो बानेश्वर भिमसेनगोला डेरा गरी बस्ने सोही महानगरपालिका-९ घर भएका ३९ वर्षीय सञ्जीव नेपाली आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका हुन् । यसैगरी चन्द्रागिरि नगरपालिका-१५ स्थित सडक पेटीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

उता बर्दियाको बढैयाताल गाउँपालिका-१ सानो डाँफे बटैयास्थित गौमती चौहानको घर आँगनमा बाँके नेपालगन्ज उपमहानगरपालिका-६ फुल्टेक्रा बस्ने ५५ वर्षीय साबिर शेख आइतबार मृत अवस्थामा फेला परेका छन् । यस्तै तनहुँको ब्यास नगरपालिका-१० शियोर रातोमाटे बस्ने ३३ वर्षीय अनिल दाहाल आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

the authoradmin