Wednesday, August 5

जसपा नेपालबाट निर्वाचित जनप्रतिनिधि नवगठित जसपामा जान पाउने

नेपालअखबार,काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित भएका जनप्रतिनिधि अशोक राई नेतृत्वमा गठन भएको जनता समाजवादीमा जान पाउने भएका छन्।

Advertisement

जसपा नेपालबाट छुट्टिएर राई नेतृत्वमा बनेको जनता समाजवादीलाई सोमबार निर्वाचन आयोगले मान्यता दिएको थियो।

Advertisement
Advertisement

निर्वाचन आयोगले मंगलबार सूचना प्रकाशित गरी जसपा नेपालबाट निर्वाचित जनप्रतिनिधि नवगठित जनता समाजवादीमा संलग्न रहने बाटो खुला गरेको छ।

Advertisement

आयोगले जनप्रतिनिधिलाई सनाखतका लागि २१ दिनको समय पनि दिएको छ। आयोगले जेठ १३ गतेभित्र सनाखत गरिसक्न भनेको छ।  जसपा नेपालबाट निर्वाचित स्थानीय तह सदस्य वा प्रदेश सभा सदस्यलाई सनाखत गर्नका लागि समय दिइएको हो।

प्रदेश सभा सदस्यले प्रदेश निर्वाचन कार्यालयमा प्रदेश निर्वाचन अधिकारीसमक्ष र स्थानीय तहका सदस्यले जिल्ला निर्वाचन कार्यालयमा जिल्ला निर्वाचन अधिकारीसमक्ष आफू निर्वाचित भएको सक्कल प्रमाण पत्र र नागरिकताको सक्कल प्रामण पत्र साथमा लिएर सनाखत गर्न आफैँ जानुपर्नेछ।

यस्तो छ सूचना:

election-commision-jasapa-1715058666.JPG