Monday, May 11

पहिरोले बल्खु -हेटौँडा सडक पुनः अबरुद्ध

नेपाल अखबार,  हेटौँडा। हेटौँडालाई काठमाडौंसँग जोड्ने छोटो मार्ग हेटौँडा-बल्खु सडक पुनः अवरुद्ध भएको छ।
गएराति मकवानपुरको भीमफेदी गाउँपालिकाको देउरालीमा पहिरो खसेपछि हेटौंडा -भीमफेदी–कुलेखानी-बल्खु सडक अबरुद्ध भएको हो। पानी परिरहेकाले पहिरो हटाउन समस्या भएको मकवानपुर प्रहरीले जनाएको छ।
एक सातायता पटकपटक पहिरो खस्दा यो सडक भएर निर्वाध गाडी चल्न सकेका छैनन्। पहिरो हटाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
पहिरोले सिस्नेरी- फाखेल सडक पनि अबरुद्ध छ। सिस्नेरी नजिकै पहिरो खस्दा कुलेखानीबाट सिस्नेरी हुँदै फाखेल जाने सडकमा पनि गाडी चलेका छैनन्।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *