Monday, April 20

प्युठानमा १८ वर्षीया युवतीले क्वारेन्टिनमै जन्माइन् शिशु

नेपालअखबार, प्युठान।   प्युठानको एक क्वारेन्टिनमा बसेकी १८ वर्षीया युवतीले शिशु जन्माएकी छन्।
मल्लरानी गाउँपालिका –४ स्थित जनजागृति माध्यामिक विद्यालय कसेरी क्वारेन्टिनमा बसेकी १८ वर्षीया सीता खड्काले छोरा जन्माएकी हुन्।
क्वारेन्टिनमा सुत्केरी व्यथा लागेपछि उनलाई प्राथमिक स्वास्थ्य केन्द्र खलंगामा ल्याइएको थियो। स्वास्थ्य केन्द्रमै मंगबालर बिहान करिब ८ बजे उनी सुत्केरी भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पारस शाहीले बताए।
अहिले आमा र शिशु दुवैको स्वास्थ्यावस्था सामान्य रहेको जनाइएको छ।
खड्काको आरडिटी रिपोर्ट नेगेटिभ आएको छ। पीसीआर लिने नलिने विषयमा छलफल भइरहेको स्वास्थ्य शाखा प्रमुख शाहीले बताए। खड्का आफ्ना श्रीमान्सँग यही असार १ गते भारतबाट आई क्वारेन्टिनमा बसेकी थिइन्।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *