Saturday, July 11

हामी अत्यन्त खुशी छौ

नेपाल रिटर्ननी एशोसिएन सफलता उन्मुख अगाडि बढिरहेको छ धन्यवाद छ सरकारलाई हामीले उठाएको केही मुद्दाहरु। आगामी बजेटमा सम्बोधन गरेकोमा ।
हाम्रो  अभियान जारी छ विश्वास छ हाम्रै पहालम यो देशमा कृषिमा निर्भर हुँदै देश समृद्धिमा लान सक्नेछौं भन्ने थप आत्मविश्वास र ऊर्जाका साथ अगाडि बढी रहने छौ ।

Advertisement

सरकारले बजेटमा सम्बोधन गरेका बुँदाहरू:

Advertisement
Advertisement

१३७. वैदेशिक रोजगारीमा गएका श्रमिकका आश्रित परिवारलाई कल्याणकारी कोषबाट प्रदान हुने लाभको दायरा विस्तार गरिनेछ । यससम्बन्धी सेवा स्थानीय तहबाट प्रवाह हुने व्यवस्था मिलाइनेछ ।

Advertisement

१३८. वैदेशिक रोजगारीबाट फर्किएका नागरिकको ज्ञान, सीप र पुँजी मार्फत उद्यमशीलता प्रवर्द्धन गर्न रिटर्नी उद्यमशीलता कार्यक्रम सञ्चालन गरी कम्तीमा एक लाख रिटर्नीलाई स्वरोजगार बनाइनेछ । वैदेशिक

१३१ रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिलाई बैंक खातामा विप्रेषण पठाउने सुनिश्चितताका आधारमा बिना धितो ऋण उपलब्ध गराइनेछ।

२४३ वैदेशिक रोजगारीबाट आर्जित रकमबाट आवास बनाउन चाहने परिवारलाई व्यवस्थित बस्ती विकास कार्यक्रममा आवद्ध गरिनेछ । स्थानीय तहसँग समन्वय गरी विप्रेषणको रकमले घर बनाउन चाहने कम्तीमा १० परिवारलाई एकै स्थानमा एकल वा सामुहिक आवास बनाउन प्रोत्साहित गरिनेछ ।