Saturday, May 9

राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर एकजनाको मृत्यु

नेपालअखबार,तुलसीपुर । राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार दाङ राप्ती गाउँपालिका-२ बराखुट्टी निवासी ४० वर्षीय सनबहादुर पुनको मृत्यु भएको हो ।

Advertisement

शीतगङ्गा नगरपालिका-८ को बडिदमार भन्ने स्थानमा शनिबार साँझतिर जाल हानेर माछा मार्ने क्रममा नदीमा डुबेर बेपत्ता भएका थिए ।

उनको शव ५० मिटर तल फेला परेको मृतकका भिनाजु रामबहादुर घर्तीले बताइ । पुनको शव परीक्षणका लागि लमही अस्पताल राखिएको छ ।