पर्यटनसमाचारसमाज

सौर्य एयरलाइन्सका अध्यक्ष दिपक कुमार पोख्रेल सम्मानित

नेपालअखबार, भद्रपुर ।  सौर्य एयरलाइन्सका अध्यक्ष दिपक कुमार पोख्रेल सम्मानित हुनु भएकाे छ ।  प्रमुख अतिथि पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा सम्मानित गरिएको छ ।

नेपालको पर्यटन क्षेत्रमा सौर्य एयरलाइन्स नेपालको आन्तरिक उडानमा पहिलो जेट विमान रहेकाले पर्यटन प्रवर्धनका लागि सौर्य एयरलाइन्सद्वारा गरिएको अतुलनीय योगदानका लागि हस्पिटल प्रालीका भद्रपुरका अध्यक्ष  दिपक कुमार पोख्रेललाई सम्मानित गरिएको  छ । सौर्य एयरलाइन्सका अध्यक्ष पोख्रेल समाज गरिब असहायलाई सहयोग गर्दै आउनुभएको छ ।

नेकपा एमाले पर्यटन प्रवर्धन तथा नागरिक उद्ययन विभागद्वारा नेपालमा पर्यटनको अवस्था , चुनौती र सम्भावना नामक पुस्तक विमोचन सम्पन्न भएको छ। उक्त कार्यक्रम नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख अतिथिमा सम्पन्न भएको थियो। 

 

the authoradmin