Monday, May 11

नेपालमा थप ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, काठमाण्डौ । नेपालमा पछिल्लो २४ घन्टामा ६ सय २९ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा.जागेस्वर प्रसाद गौतमले नियमित प्रेस ब्रिफिङमा ६ सय २९ संक्रमित भेटिएको जानकारी दिएका हुन । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ ।
गौतमका अनुसार हालसम्म देशका ७६ जिल्लामा कोरोना संक्रमण देखिएको छ । रसुवा जिल्ला बाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको हो ।
नेपालमा संक्रमित मध्ये २ हजार ३ सय ३८ जना निको भएर घर फर्किसकेका छन् । जसमध्ये पछिल्लो २४ घन्टामा स्वास्थ्य लाभ गर्नेको संख्या १ सय १४ रहेको छ ।
नेपालमा कोरोना भाइरसबाट हालसम्म २३ जनाको ज्यान गएको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *