प्रशासन

पोखरा महानगरको बजेट ६ अर्व १९ करोड ७१ लाख

नेपाल अखबार, पोखरा । पोखरा महानगर पालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि ६ अर्व भन्दा वढीको बजेट प्रस्तुत गरेको छ ।
पोखरा महानगर पालिकाकी उपप्रमुख मञ्जु गुरुङले नगरको सातौ सभामा आव २०७७/७८ का नीति तथा कार्यक्रम कार्यान्वयन गर्न रु. ६ अर्ब १९ करोड ७१ लाख ७८ हजार रुपैंयाँ अनुमानित बजेट प्रस्ताव गरेकी हुन ।
प्रस्ताव उक्त गरिएको बजेट मध्ये संघीय सरकारबाट २ अर्ब ५२ करोड ६० लाख र गण्डकी प्रदेश सरकारबाट १० करोड ५९ लाख ६६ हजार गरी जम्मा अन्तर सरकारी वित्तीय हस्तान्तरण वापत २ अर्ब ६३ करोड १९ लाख ६६ हजार प्राप्त हुने अनुमान रहेको छ भने अन्तर सरकारी अख्तियार बाट ८५ करोड प्राप्त हुने अनुमान महानगरले गरेको छ ।
देशकै ठुलो क्षेत्रफल ओगटेको पोखरा महानगरले आर्थिक वर्षमा राजश्व बाँडफाडँतर्फ संघीय सरकारबाट ३० करोड ६४ लाख र प्रदेश सरकारबाट ४ करोड ३७ लाख गरी जम्मा ३५ करोड १ लाख प्राप्त हुने अनुमान गरेको छ भने आन्तरिक स्रोतबाट २ अर्ब ३६ करोड ४२ लाख १२ हजार प्राप्त हुने अनुमान गरिएको छ ।
 

the authoradmin

Leave a Reply