Wednesday, September 16

प्रतिनिधि सभा बैठक बस्दै

नेपालअखबार, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ।

Advertisement

संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजेदेखि बैठक सुरू हुनेछ।

Advertisement
Advertisement

प्रतिनिधि सभाबाट आज बजेट पास गर्ने तयारी छ।

Advertisement

बैठकको कार्यसूचीमा विनियोजन विधेयक २०८१ का दफाहरूलाई निर्णयार्थ प्रस्तुत गरिने उल्लेख छ।

अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव पेस गर्नेछन्।

त्यस्तै आर्थिक विधेयक, २०८१ माथि विचार गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।’

अर्थमन्त्री पुनले राष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। भन्सार महसुलसम्बन्धि विधेयक, २०८१ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ।

त्यसअघि आजै बजेटमाथिको छलफलका क्रममा उठेको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची पनि छ।