Saturday, March 14

सरकारले तोक्यो धानको समर्थन मूल्य

नेपालअखबार, काठमाडौँ । सरकारले धानको समर्थन मूल्य तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि धानको समर्थन मूल्य तोकेको हो ।

जसअनुसार मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल रु ३४१०.५१  तोकिएको छ ।

Advertisement

यसैगरी मध्यम धानको रु ३५८०.६२  न्यूनतम समर्थन मूल्य तोकिएको बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।