Thursday, April 23

पृथ्वीसुब्बा गुरूङ सञ्चारमन्त्री बन्दै

नेपालअखबार, काठमाडौँ । नेकपा एमालेका  उपमहासचिव पृथ्वीसुब्बा गुरूङको मन्त्रालय टुंगिएको छ।

उनलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिने तयारी रहेको एमालेका एक पदाधिकारीले जानकारी दिए।

Advertisement

त्यस्तै उपाध्यक्ष विष्णु पौडेल उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बन्ने निश्चित भएको छ।

एमालेले प्रधानमन्त्रीसहित ९ मन्त्रालय पाउने सहमति छ।

एमालेले अर्थ, रक्षा, भौतिक पूर्वाधार, संघीय मामिला‍, शिक्षा, भूमि व्यवस्था, सञ्चार तथा सूचना प्रविधि र उद्योग मन्त्रालय पाउने सहमति छ।

बाँकी मन्त्रालयमा दुईजना सचिव योगेश भट्टराई र छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य  कृष्णगोपाल श्रेष्ठ र केन्द्रीय सदस्य विद्या भट्टराईलाई मन्त्री बनाउने तयारी रहेको ती पदाधिकारीले जानकारी दिए।   उनीहरू कसलाई कुन मन्त्रालय दिने टुंगो भइसकेको छैन।

प्रधानमन्त्री ओलीले बिहान ११ बजे शपथ लिँदैछन्।