Thursday, July 23

२५ करोडसम्म पुँजी भएका उद्योगको सबै काम वीरगञ्जबाटै हुने

नेपालअखबार, काठमाडौं । २५ करोडसम्म स्थिर पुँजी भएका उद्योगका सञ्चालकहरूले अब काठमाडौं धाउनु नपर्ने भएको छ।

Advertisement

नविकरण, लगत कट्टा, ठाउँसारी, पुँजी वृद्धि लगायत कामका लागि उद्योग विभाग त्रिपुरेश्वर जानु नपर्ने भएको हो।

Advertisement
Advertisement

त्यसका लागि उद्योग वाणिज्य तथा पर्यटन मन्त्री कनिश पटेलले मधेस प्रदेशमा सञ्चालित १८८ वटा उद्योगको फाइल उद्योग विभाग वीरगञ्जलाई हस्तान्तरण गरेका छन्।

Advertisement

मधेस प्रदेशमा सञ्चालित १८८ उद्योगका कागजातहरू उद्योग विभागको वीरगञ्जलाई हस्तान्तरण गरेसँगै सेवा प्रदान गर्ने बाटो खुलेको निमित्त महानिर्देशक रिमा साहले बताइन्।

उद्योग विभाग त्रिपुरेश्वरले उद्योग विभाग वीरगञ्जलाई कागजात हस्तान्तरणका लागि मन्त्रालयमा पठाएको थियो।

अबदेखि २५ करोडसम्म स्थिर पुँजी भएका उद्योगले उद्योग विभाग वीरगञ्जबाटै सेवा लिन सक्ने निमित्त निर्देशक रिमाको भनाइ छ।

उद्योग नविकरण, उद्योगको नाम वा ठाउँ सारी तथा संशोधन, शाखा विस्तार, पुँजी तथा क्षमता वृद्धि, उद्देश्य थप तथा लगत कट्टाको कार्य वीरगञ्जबाटै हुने उनले बताइन्।

यसअघि उद्योगी व्यवसायीहरूलाई यही कामका लागि काठमाडौं जानुपर्ने बाध्यता थियो।