Sunday, November 2

जाजरकोटमा बोलेरो जिप दुर्घटना हुँदा १४ जना घाइते,चालकको घटनास्थलमै मृत्यु

नेपालअखबार, जाजरकोट। जाजरकोटमा बोलेरो जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।

Advertisement

भेरी नगरपालिका-६ गंज भन्ने स्थानमा सदरमुकाम खलंगा देवि वडा नम्बर ६ नेटा जाँदै गरेको जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

Advertisement

ग १ ज ७७११ नम्बरको जिप सडकदेखि ३००/४०० मिटर खस्दा भेरी-६ गंगटिया बस्ने ३४ वर्षीय मानबहादुर वलीको मृत्यु भएको हो।

जाजरकोटमा बोलेरो जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।  घाइतेहरुमध्ये ३ जनाको अवस्था गम्भीर रहेको टिपोट आएको उनले बताए। सदरमुकामबाट प्रहरी परिचालन गरिएको र थप विवरण आउन बाँकी रहेको उनले जानकारी दिए।