Sunday, July 19

तामाङ गीत ‘सेम ह्रो’ सार्वजनिक

नेपालअखबार,काठमाडौँ । युवा गायक प्रकाश लामाको प्रेम गीत “सेम ह्रो” सार्वजनिक भएको छ ।
बौद्धमा एक कार्यक्रमका बिच उक्त गीत सार्वजनिक भएको हो ।

Advertisement

गीतमा शब्द र सङ्गीत गायक तथा सङ्गीतकार प्रयास दोङको रहेको छ भने गीतमा प्रकाश लामाको आवाजलाई चर्चित गायक जितु लोप्चनले पनि साथ दिएका छन्, जसले गीतलाई सुनमा सुगन्ध बनाएको छ ।

Advertisement
Advertisement

“सेम ह्रो” गीतको भिडियोमा भने गायक प्रकाश लामा र नायिका सुस्म मोक्तानले मुख्य भूमिका देख्न सकिन्छ ।

Advertisement

त्रिलोक लामाको निर्देशन गरेको म्युजिक भिडियो सम्पादन पनि उनले नै गरेका हुन्। निर्देशन र सम्पादनको उच्चस्तरको कामले भिडियोलाई प्रभावशाली बनाएको छ ।यस्तै गीत सार्वजनिक गर्दै कार्यक्रमका प्रमुख अतिथि चन्द्रकुमार दोङले हामी सबै कलाकार भएको बताउँदै हामीले संगीतिक दुनियाँलाई के दिन सकिन्छ भन्ने सोच्नु पर्ने बताउनुभयो । उहाँले समग्रमा गीत राम्रो भएका कारण दर्शकले रुचाउनेमा विश्वस्त भएको बताउनुभएको थियो ।

रोजन लामा क्षितिजको सभापतित्वमा भएको उक्त कार्यक्रममा विश्व दोङ, कुमार मोक्तान, अमिर दोङ, सुशील लामा, राजु लामा, सुजन लामा, अमिर लामा, बुद्धिमान लामा, प्रकाश लामा, आसमान लोप्चन, सुजन मोक्तान, राजु तामाङ, मनोज योन्जन तामाङ, प्रयास दोङ, मिलन लामा लगायतका महानुभावको उपस्थिति रहेको थियो ।