Monday, July 27

मन्त्रिपरिषदका निर्णय : गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी सुधार तथा कार्ययोजना स्वीकृत

नेपालअखबार, काठमाडौँ । सरकारले नेपालको नागरिक उड्डयन क्षेत्रको समग्र सुधार तथा गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजना स्वीकृत गरेको छ।

Advertisement

सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले मंगलबार पत्रकार सम्मेलनमार्फत उक्त जानकारी गराएका हुन्।

Advertisement
Advertisement

प्रवक्ता गुरूङले एसियाली विकास बैंकबाट सिँचाइ सम्बन्धी परियोजनाका लागि उपलब्ध हुने अमेरिकी डलर ११० मिलियन अर्थात् नेपाली रुपैयाँ करिब १४ अर्ब ६३ करोड सहुलियत पूर्ण ऋण र १५ मिलियन अमेरिकी डलर अर्थात १ अर्ब ९९ करोड अनुदान स्वीकार गर्न वार्ता टोली बनाएको बताए।

Advertisement

अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय भएको उनले बताए।

त्यस्तै, उनले खाद्य व्यवस्था तथा व्यापार कम्पनीको रिक्त महाप्रबन्धक पदमा धादिङका रमेश आचार्यलाई नियुक्त गरिएको जानकारी दिए।  नेपाल पारवाहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको रिक्त महाप्रबन्धक पदमा इलामका प्रकाशप्रसाद पोखरेललाई नियुक्त गरिएको पनि उनले बताए।

सञ्चारमन्त्री गुरूङले भुटानमा २०८१ साउन २९ गतेदेखि ३२ गतेसम्म हुने फोरम अफ दि इलेक्सन म्यानेजमेण्ट बडी अफ साउथ एसियाको १२ औं सम्मेलनमा सहभागी हुन प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको भ्रमण स्वीकृत गर्ने निर्णय भएको पनि जानकारी दिए।

सरकारले भू–उपयोग ऐन, २०७६ को दफा १४ को उपदफा १ को खण्ड ञ बमोजिम संयीयता भूउपयोग परिषद्को सदस्यमा चितवनका रेवती रमण पौडेल, यमुना घले र काठमाडौंका रेश्मा श्रेष्ठ र जगतबहादुर देउजालाई मनोनयन गर्ने निर्णय गरिएको उनले बताए।