विदेशसमाचार

आज विभिन्न मुलुकबाट १२ सय नेपाली आउँदै

Nepal Akhabar

नेपाल अखबार, काठमाडौं । विदेशमा अलपत्र नेपाली नागरिकको उद्दार गर्ने क्रममा शुक्रबार एक हजार दुई सय नेपाली काठमाडौं आउँदैछन् ।
बहराइन, युएई, कुवेत र मलेसियामा समस्यामा परेका नेपाली आउन लागेका हुन् ।

क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) का एक अधिकृतका अनुसार कुवेतबाहेक सबै मुलुकबाट शुक्रबार दुई/दुई वटा उडान हुँदैछन् । बहराइनको दुवै र मलेसियाको एउटा उडान नेपाल एयरलाइन्सको जहाजमार्फत हुँदैछ ।
युएईको हिमालयन र एयर अरेविया, कुवेतको जजिरा एयरलाइन्स र मलेसियाको एउटा उडान हिमालय एयरलाइन्सबाट हुँदैछ ।
उनीहरुलाई नेपाल ल्याएर काठमाडौं, भक्तपुर र ललितपुरमा राखिएका होल्डिङ सेन्टरमा लगिनेछ । त्यहाँ सेनाको व्यवस्थापनमा उनीहरुको सामान्य स्वाथ्य जाँच र विवरण लिने कार्य हुनेछ । त्यसपछि सम्बन्धित प्रदेशमा क्वारेन्टिनमा बस्ने गरी पठाइनेछ ।
विदेशबाट आउने नागरिकले पीसीआर रिपोर्ट ल्याएको खण्डमा उनीहरुले होम क्वारेन्टिनमा बस्न पाउनेछन् । इच्छुकले होटल क्वारेन्टिनमा पनि बस्न पाउनेछन् ।
the authoradmin

Leave a Reply