Saturday, May 23

ओमानका विदेशमन्त्री र राष्ट्रपति पौडेलबीच भेटवार्ता

नेपालअखबार, काठमाडौँ । नेपाल भ्रमणमा रहेका ओमानका विदेशमन्त्री सैय्यद बद्र बिन हमाद बिन हमूद अलबुसैदीले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन्।

मंगलबार शीतल निवासमा विदेशमन्त्री अलबुसैदी र राष्ट्रपति पौडेलबीच शिष्टाचार भेटवार्ता भएको हो।

Advertisement

उनीहरूबीच नेपाल र ओमानबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

उक्त अवसरमा राष्ट्रपतिले नेपाल र ‌ओमानले आपसी हित र सरोकारका विषयमा संयुक्त राष्ट्र संघ, असंलग्न आन्दोलन र एशियाली सहयोग संवाद लगायत बहुपक्षीय र क्षेत्रीय मञ्चहरूमा सहकार्य गर्दै आइरहेको बताएका थिए।

भविष्यमा पनि यस प्रकारको सहकार्यलाई निरन्तर दिने राष्ट्रपतिको विश्वास छ।