Sunday, April 19

६ लाख बराबरको तामाको तार चोरी गर्ने ३ जना पक्राउ

नेपालअखबार, पोखरा। अन्दाजी ६ लाख बराबरको तामाको तार चोरी गर्ने ३ जना मानिस पक्राउ परेकाे वडा प्रहरी कार्यालय रामबजारले जान्कारी दिएकाे छ ।  पोखरा महानगरपालिका वडा नं. १४ मझेरीपाटन गोर्खा भिलेज स्थित रहेको सिभिल हाईड्रोपावर स्टोर्सको कम्पाउण्डमा स्टोर गरी राखेको ३३ के.भी. ट्रान्समिसन लाईनमा प्रयोग हुने अन्डरग्राउण्ड पावर केवलको लागि आवश्यक पर्ने तामाको तार, आल्मोनियम अन्डरग्राउण्ड पावर केवल र जेनेरेटरको पार्टपुर्जा समेत गरी अन्दाजी मूल्य रु.६,००,०००।–(छ लाख) बराबरको सामान चोरी भएकाे भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको प्रहरी टोलीले खोजतलास तथा अनुसन्धान गरेकाे वडा प्रहरी कार्यालय रामबजारले जनाएकाे छ ।

पोखरा महानगरपालिका वडा नं. १४ चाउथे स्थितमा तारको बाहिरी कबर फाली तामाको तार मात्र बोरामा राख्न लागेको अवस्थामा   अन्दाजी ९६ के.जी. तामाको तार र ७ के.जी. तामाको टुक्रा झोलामा हालिरहेको अवस्थामा  फेला परेको प्रहरी जानकारी दिएको छ ।  जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १४ मझेरीपाटन बस्ने वर्ष २९ सुजन परियार, १४ आर्मी प्लटिङ बस्ने वर्ष ३७ विकास खवास र १५ खाल्टेमसिना बस्ने वर्ष २६ निशान दर्जीलाई  पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा दिन पाँच (५) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको वडा प्रहरी कार्यालय रामबजारले जनाएकाे छ । ।

Advertisement