
नेपालअखबार, काठमाडौँ । आम जनता पार्टी (आजपा) निकटको आम महिला मोर्चाको केन्द्रीय कमिटी पुनर्गठन भएको छ । काठमाडौँमा आज सम्पन्न एक भेलाबाट मोर्चाको अध्यक्षमा कुमारी बबिता सर्वसम्मत चयन भएकी छन् ।
बबिताको अध्यक्षतामा ७६ सदस्यीय महिला मोर्चाको केन्द्रीय कमिटी गठन भएको हो । भेलाले देशमा रहेको जनसङ्ख्याको आधारमा राज्यको हरेक तह र निकाय ५१ प्रतिशत महिलाको सहभागिता हुनुपर्ने माग समेत गरेको छ ।
मुलुकमा भएको हरेक आन्दोलनमा महिलाहरूको सहभागिता रहेको भए पनि महिलालाई ३३ प्रतिशतमा सीमित राख्नु न्यायसङ्गत नभएको अध्यक्ष बबिताले जनाएकी छन् । यस्तै महिलाको हकअधिकार एवं महिला हिंसाको बिरुद्धमा देशव्यापी बिभिन्न संघर्षका कार्यक्रम गर्ने मोर्चाले निर्णय गरेको छ ।
‘सरकार, व्यवस्थापिका, न्याय, आयोग, सेना, प्रहरी, कर्मचारी देखी राज्यको हरेक अंग र निकाय जनसङ्ख्याको आधारमा महिलाको सहभागिता ५१ प्रतिशत हुनुपर्छ । सरकारले हाम्रो माग सम्बोधन नगरे यसका लागि हामी बाध्य भएर आन्दोलनमा उत्रिन्छौँ’ महिला मोर्चाकी अध्यक्ष बबिताले भनिन् ।
भेलाले उपाध्यक्षमा रुपसागर उपाध्याय, रन्जुकुमारी साह, हेमादवी साह, सावित्री चौधरी, चन्दाकुमारी साह, महासचिवमा सीमा जयसवाल, उपमहासचिवमा सबिता बुढाथोकी, रिना पटेल, सचिवमा देवकुमारी साह, सकिना खातुन, सुनिता महतो, विभा साह, मञ्जु कुशवाहा र कोषाध्यक्षमा मिनादेवी साह सर्वसम्मत चयन भएका छन् ।
यसैगरी सदस्यहरूमा फुलबदन देवी, सिवानी साह, किरण यादव, आशादेवी कानु, पूजा कुशवाहा, सोविता गोतामे, हरिकला देवकोटा, रेखा साह, कोशिला देवी साह, डा।स्रष्टा कौशित, मधु चौधरी, ममता चौधरी, कनन सिंह, प्रेमादेवी साह, पूजा गुप्ता, श्रीदेवी श्रेष्ठ, उमा सापकोटा, विमल भुजेल, डम्बरकुमारी सन्कर, घुर्मीदेवी खत्वे, सरस्वती तामाङ, सन्ध्या पासवान, उमा तामाङ, पुनम थापा, लक्ष्मी सुनार सविता देवी साह, इन्द्रावती देवी साह, मञ्जु राउत, सोनामती राम, अन्जु यादव लगायतका रहेको मोर्चाका इन्चार्ज देवी पण्डित र अध्यक्ष कुमारी बबिताले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

