Sunday, May 10

बेल्खुको पहिरो पन्छाइयो, पृथ्वी राजमार्ग दुईतर्फी

नेपालअखबार, काठमाडौँ। लेदोसहितको पहिरो खस्दा धादिङको गजुरीमा अवरूद्ध भएको पृथ्वी राजमार्ग दुईतर्फी नै सञ्चालनमा आएको छ।

गएराति ११ बजे गजुरी गाउँपालिका-६ बेल्खुमा लेदोसहितको पहिरो खस्दा राजमार्ग पूर्ण अवरूद्ध भएको थियो।

Advertisement

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक नन्दकिशोर चौहानले राति १२ बजेदेखि एकतर्फी बनाइएको र पूर्ण रूपमा पहिरो पन्छाइएपछि बिहान साढे ९ बजेदेखि दुईतर्फी नै सडक सञ्चालनमा आएको हो।

सडक एकतर्फी हुँदा राजमार्गमा सवारी साधनको चाप केही बढेको थियो। दुईतर्फी सञ्चानलमा आएसँगै  सवारी साधनको चाप सामान्य भएको छ ।