Sunday, May 10

गण्डकीमा एमालेका चार मन्त्रीले लिए शपथ

नेपालअखबार, पाेखरा । गण्डकी सरकारमा नियुक्त भएका एमालेका चार जना मन्त्रीले शपथ लिएका छन्। नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ गराएका हुन्।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार एमालेका पद्यमा जिसी, मित्रलाल बस्याल, कृष्ण पाठक र प्रकाश केसीलाई मन्त्री नियुक्त गरेका थिए।

Advertisement

एमाले गण्डकीका संसदीय दलका नेता खगराज अधिकारीले मन्त्रीको नाम दिएपछि मुख्यमन्त्री पाण्डेले नियुक्त गरेका थिए।

एमालेबाट मन्त्री नियुक्त भएसँगै गण्डकीमा मन्त्रीहरुको कार्यविभाजन पनि भएको छ। कार्यविभाजन अनुसार एमालेका जिसीले कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्रालय, बस्यालले उद्योग तथा पर्यटन, पाठकले स्वास्थ्य र केसीले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय पाएका छन्।

यसअघि सरकारमै रहेका कांग्रेस सांसद डा. टकराज गुरुङ आर्थिक मामिला मन्त्रालयमा निरन्तरता पाएका छन् भने विन्दुकुमार थापाले सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन्।

 

मनाङबाट स्वतन्त्र निर्वाचित राजीव गुरुङ ‘दीपक मनाङे’ले वन तथा वातावरण र नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटाले उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन्।