Thursday, September 3

गलकोट नगरपालिका–२ भुङ्खानीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

नेपालअखबार, बागलुङ।  गलकोट नगरपालिका–२ भुङ्खानीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

Advertisement

शुक्रबार बिहान गलकोटतर्फ जाँदै गरेको जिप भुङ्खानीमा दुर्घटना हुँदा दुई महिला र एक पुरूषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए।

Advertisement
Advertisement

दुर्घटनामा एक जना घाइते भएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए।

Advertisement

दुर्घटनामा घाइते भएका र ज्यान गुमाएकाको परिचय खुलेको छैन। प्रहरी घटनास्थलमा पुगेर उद्धारमा जुटेको छ।

सामान्य घाइते भएका पुरूषलाई उपचारका लागि बागलुङ अस्पताल पठाइएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए।