Tuesday, August 18

कालोसूचीमा राख्न सिफारिस १० कम्पनीसँग सातदिने स्पष्टीकरण माग

नेपालअखबार, काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १० निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरुलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ ।

Advertisement

यसअघि कालोसूचीमा राख्नुनपर्ने आधार प्रमाणसहित लिखित स्पष्टीकरण पेश गर्न ३० दिनको म्याद दिँदा पनि बेवास्ता गरेकाहरुलाई सात दिनको मौका दिएर लिखित स्पष्टीकरण सोधिएको छ । यो म्याद पनि गुजारेमा कार्यालयले कालोसूचीमा राख्ने छ ।

Advertisement
Advertisement

सात दिने स्पष्टीकरण सोधिएकाहरुमा युनिभर्सल ट्रेड एण्ड टेक्नोलोजी प्रालि कालिकास्थान लगायत छन् । हरिवंश आरण मुख्य व्यक्ति भएको यो कम्पनीलाई राष्ट्रिय प्रकृति संरक्षण कोष खुमलटार ललितपुरले कालोसूचीमा राख्न सिफारिस गरेको छ ।

Advertisement

यसैगरी प्रशुरामा पाध्य मुख्य व्यक्ति रहेको नाटेश्चरी निर्माण सेवा एण्ड अडर सप्लायर्स बाजुरा, आङछेन लामा मुख्य व्यक्ति रहेको ट्राभल क्रियु कन्स्ट्रक्सन काभ्रे, चन्द्रबहादुर शाही मुख्य व्यक्ति भएको यास के शाही कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि हुम्ला, प्रभात भट्ट मुख्य व्यक्ति भएको सिद्धार्थ ट्रेड एण्ड सप्लायर्स कैलाली लगायत छन् ।

यसैगरी नेपाल टेलिकमले कालो सूचीमा राख्न सिफारिस गरेको चीनको एम÷एस इन्सपुर सफ्टवेयर ग्रुप र डिल्लीराम अधिकारी मुख्य व्यक्ति भएको एम/एस एम.डी. अप्टिकल सोलुसन प्रालि पोखरालाई पनि सातदिने स्पष्टीकरण सोधिएको छ ।

सुरेन्द्र तामाङ मुख्य व्यक्ति भएको शिलादेवी एस.बी.डी. निर्माण सेवा तनहुँ, अमन यादव मुख्य व्यक्ति भएको अमन कन्स्ट्रक्स कम्पनी बर्दिया र रविन कुमार जोशी मुख्य व्यक्ति भएको राजेन्द्र/रफिना/राम जेभी बुद्धनगर काठमाडौंसँग पनि सात दिने स्पष्टीकरण सोधिएको छ ।