Monday, April 27

छायाङ्कनका क्रममा इमरान हाशमी घाइते

नेपालअखबार,मुम्बई । तेलुगु फिल्म गुडाचारी–२ को सुटिङका ​​क्रममा अभिनेता इमरान हाशमी गम्भीर घाइते भएका छन् । अभिनेता आफैले स्टन्ट गरिरहेका बेला उनको घाँटीमा चोट लागेको बताइएको छ ।

यसको तस्बिर पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । हमरान हाशमीको यो तस्बिर देखेपछि अभिनेताका फ्यानहरू निकै दुखी भएका छन् । उनीहरूले शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

Advertisement

बलिउडपछि इमरान हाशमी अब साउथ फिल्ममा आफ्नो जादु देखाउन तयार छन् । चाँडै नै अभिनेता साउथको सुपरहिट फिल्म ‘गुडाचरी’ को दोस्रो भागमा देखिनेछन् ।

यसअघि उनी सलमान खान र कट्रिना कैफको फिल्म टाइगर ३ मा देखिएका थिए । जसमा उनले खलनायकको भूमिका निर्वाह गरेका थिए ।