जैनव खातुन। नेकपा एकीकृत समाजवादी पार्टीको बारेमा गरिएको प्रचारबाजी केवल हल्ला मात्र हो। यस्ता हल्लालाई हामी सबै कार्यकर्ताले तोड्नु आवश्यक नै रहेको छ।
कहिले कुनै एउटा व्यक्तिले पार्टी फुटालेर जाँदैछन् भन्ने हेडलाइन न्युज आउँछ भने कहिले अर्का व्यक्तिको नाममा यस्ता बेतुके खालका समाचारहरु आइरहेका छन् । यथार्थको धडातल भन्दा फरक रहेर हल्लाका लागि मात्र लेखिएको समाचारहरुलाई हल्ला खल्ला मात्रै रहेको बुझ्न सकिन्छ।
नेकपा एकीकृत समाजवादी पार्टीमा रहेका कार्यकर्ताहरू स्वार्थ र प्रलोभनमा परेर पार्टीमा सक्रिय भएका होइनन् । यस पार्टीका कार्यकर्ताहरू सबै त्यो विद्रोहको योद्धाहरु हुन्। जसले देश संविधान, लोकतन्त्र, गणतन्त्र र स्थायी राजनीति हुनका लागि संविधान जोगाउनु पर्छ भन्ने उद्देश्यका साथ नेकपा एमालेबाट विद्रोह गरेका थिए । यो त विद्रोहीहरूको पार्टी हो ।
नेकपा एकीकृत समाजवादीमा एका, दुई हल्लाखल्ला गर्ने व्यक्तिहरू भए तापनि सबैलाई उही तराजुमा जोख्न भने मिल्दैन इमान्दार र पार्टीका लागि खटिने योद्धाहरूको पार्टी हो। आज बजारमा नेकपा एकीकृत समाजवादीका कार्यकर्ताको मूल्य बढाउने, लोभ प्रलोभन रातारात बाँड्ने गरेका छन् । समाचारका सुर्खी बनाउनका लागि लौ नेकपा एकीकृत समाजवादी सकिँदै छ भन्दै यो पार्टी बन्दैन कार्यकर्ता माझ चर्चा गर्ने ती कुराजनीतिक विचारका व्यक्तित्वहरूले चाहेर मात्र कहाँ नेकपा एकीकृत समाजवादी सकिन्छ। एसका कार्यकर्ताहरू मजबुत हुँदै कुविचारहरूलाई तोड्नका लागि एकीकृत भएर अध्यक्ष माधवकुमार नेपालका साथमा उभिएका छन् ।
हल्लाको पछि लाग्नु पर्दैन हल्ला भनेको बजारमा आउँछ जान्छ । यथार्थ यही हो जुन नेकपा एकीकृत समाजवादी पार्टी प्रगतिशील विचारका साथ अघि बढेको छ, बढ्ने छ, आगामी निर्वाचन २०८४ मा आफ्नो बलियो स्थानका साथ पहिचान दिनेछ।
राजनीतिक पहिचान दिनका लागि आजदेखि नै हामी सबै कार्यकर्ताहरू लगनशीलताका साथ जनताका माझ उभिएका छौं । जनताका आवाजलाई आफ्नो आवाज मानेका छौं । दुःख सुखलाई बुझ्दै पहिचान विहीनहरूको पहिचानका रुपमा समाजवादको आवाजलाई आत्मसाथ गर्दै अघि बढेका छौं ।
कहिले समाचारमा लेख्ने गर्छन् लौ नेकपा एकीकृत समाजवादी पाँच छ जना सांसद हिडि सके । के ती सांसद त्यसै हिँड्न मिल्ने नेपालको कानुनी व्यावस्थाले दिएको छ र ? कानुन विपरीत ती सांसदहरू अघि बढ्दा कहाँ पुग्नेछन् यो प्रश्नको जवाफ हल्ला फिजाउनेसँग माग्न चाहन्छु। हाम्रा सबै सांसद हामीसँगै छन्। कसैले हल्ला फिजाउनु पर्दैन ।
नेकपा एकीकृत समाजवादी समाजका लागि देशका लागि र जनताका लागि सही बाटोमा अघि बढिरहेको छ । यही अपच भएर नै केही दुष्ट विचार सहति प्रचार गरेकै गरेछन् । तिनकै प्रचारका कारण नै नेकपा एकीकृत समाजवादी जनतामा छन् ।
आफ्नो पार्टी बनाउनको लागि भाटभाटिनीका साहुको भर पर्नुपर्ने भोलि जनतामा भोट माग्न जाँदा जनताले के भन्लान् भन्ने डरसम्म नरहेका ती राजनीतिक दलका नेतालाई हामी जस्ता इमान्दार राजनीति पार्टीका कार्यकर्ताले शिर उभ्याएर प्रश्न गरिरहेका छौं ? होइन तपाईंको सरकार व्यापारीको हो कि जनताको ? भारी पहिरोले जनता भोकमरीमा चिलबिलार्र्इे रहेका छन् । जनताको आवाज सुनेर दुःखी जनतालाई राहत दिनुको सट्टा आफ्नै पार्टीको जग खन्दै हिँड्नु कतिसम्म न्यायचित भयो होला ? यो कदमको मूल्याङ्कन चुनावका बेला जनताले गर्ने नै छन् ।
हाम्रा सांसदले राम्रैसँग बुझेकाछन् ।चौटो देखाएर झोलमा डुबाउने त्यो प्रविधिलाई हिजो ओली प्रविधिका पछि लागेर हिँडेका बादल आज बादलमा नै भएर हराएको अवस्था छ । भने यता बैगुनी केटोले सिलाएको दौरा सुरुवाल लाउने धोको धोको नै रहेको यथार्थ सबैले बुझेका छन् । तपाईंका जालझेलमा हाम्रा सांसद पढ्दैनन् कमरेड दिवा सपना हेर्न बन्द गरिदिनुस् । नेकपा एकीकृत समाजवादी फुटाल्ने सपना हेर्नुभन्दा आफ्नै पार्टीलाई बलियो बनाउनका लागि जनताको मन जित्ने कार्यक्रममा अघि बढ्नुस्।
लेख्क मुस्लिम ईत्तहाद संगठन, उपमहासचिव जैनव खातुन