
नेपालअखबार,पोखरा। सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ पर्नु भएको रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई अनुसन्धानका लागि ६ दिन म्याद थप भएको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा शुक्रबार पक्राउ पर्नु भएको लामिछानेलाई जिल्ला अदालत कास्कीमा आज उपस्थित गराइएको थियो ।

शुक्रबार काठमाडौं वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ पर्नु भएको लामिछानेलाई सोही दिन राति पोखरा ल्याई जिल्ला प्रहरी कार्यालय कास्कीको नियन्त्रणमा राखिएको छ । हिजो शनिबार सार्वजनिक बिदा परेकाले उहाँलाई आजमात्रै अदालतमा पेश गरिएको हो । उहाँलाई अदालतमा पेश गर्नु अघि देखि पोखराको सहिदचोकमा ठूलो संख्यामा रास्वपाका नेता तथा कार्यकर्ता ठुलो सङख्यामा जम्मा हुनु भएको थियो भने राष्ट्रबैंक चोकमा सहकारी पीडित जम्मा नारा बाजी गर्नु भएको थियो ।
जिल्ला प्रशासन कार्यालयले सम्भावित स्थिति नियन्त्रण गर्न सहिदचोक आसपासका क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा आइतबार जारी गरेको थियो । उक्त निषेधाज्ञा तोडेर नाराबाजी गर्ने क्रममा प्रहरीसँग रास्वपाका नेता तथा कार्यकर्ताहरु बिच सामान्य हात हालहालको स्थिती सृजना भए पछि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास समेत प्रहार गरेको थियो । जिल्ला प्रशासनले निषेधाज्ञा जारी भएको सूचना ढिला गरी प्रवाह गर्दा रास्वपा र सहकारी पिडितहरुले आन्दोलन सुरु गर्दै गर्दा शहिदचोक र राष्ट्र बैंक चोक क्षेत्रलाई समेत निषेधाज्ञा तोकिएको थियो । रास्वपाका नेता कार्यकर्ताहरु विहान १०ः०० बजे देखि जम्मा भएका थिए । उक्त सूचना पत्रकार माझ करिब बिहान ११ः३० बजे मात्र आएको थियो ।
जिल्ला अदालत कास्कीमा उपस्थित हुनु भएको सभापति लामिछानेले आफ्नो पक्षमा भन्दा पनि यो सरकारको बिरुद्ध सडकमा उत्र्रिन आग्रह गर्नु भयो । उहाँले आफुले न्याय पाउने दाबी गर्नु भयो ।
यसै क्रममा नेपाल पत्रकार महासंघले आइतबार एक प्रेस विज्ञेप्ति जारुी गरी पत्रकार माथि भएको हातपातको घोर निन्दा र भत्सना गरेको छ । महासचिव रोशन पुरीले हस्ताक्षर गरेको प्रेस विज्ञेप्तिमा आगामी दिनमा यस्ता घटना नदोहोराउन चेतावनी दिदै दोषी उपर कार्वाही गर्न माग समेत गरिएको छ । पत्रकार अनिता घिमिरे, निरज तामाङ र क्यामरा पर्सन अर्जुन भण्डारी माथि रास्वपाका कार्यकर्ताबाट दुव्र्यवहार भएको महासंघले जनाएको छ । त्यसै गरी उक्त कार्यक्रमको रिपोटिङमा खटिनु भएको पत्रकार सागरराज तिमिल्सिना समेत सामान्य घाइते हुनु भएको छ ।

