Tuesday, May 12

भीम रावलसहित विन्दा पाण्डे र उषाकिरणसँग स्पष्टीकरण सोध्ने एमाले निर्णय

नेपालअखबार,काठमाडौँ । नेकपा (एमाले)ले नेता भीम रावलसहितका तीन जना नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले नेता रावलसहित स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

Advertisement

उनीहरूलाई एमाले केन्द्रीय कार्यालयको भवन निर्माणका सम्बन्धमा पार्टी निर्णयविपरीत सार्वजनिक अभिव्यक्ति दिएको भन्दै एमालेले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

नेतृ पाण्डेसहित रावल र तिम्सिनाले पार्टीले जग्गा दान लिएकोबारे आलोचना गरेका थिए । पाण्डेले त व्यवसायी मिनबहादुर गुरुङले पार्टी कार्यालय भवन बनाउन जग्गा दान लिएको विषय फिर्ता गर्नुपर्ने बताएकी थिइन् । उनले उक्त निर्णय सच्चाउन पार्टी नेतृत्वलाई सुझाव समेत दिएकी थिइन् ।

गत असोज २४ गते गुरुङले कीर्तिपुरमा दिएको ११ रोपनी जग्गामा पार्टी कार्यालय बनाउने एमालेले निर्णय गरेको थियो भने २५ गते गुरुङसहित एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भवनको शिलान्यास गरेका थिए ।