Sunday, April 19

पछिल्लो २४ घण्टामा ४६३ जनामा कोरोना संक्रमण

नेपाल अखबार,  काठमाडाैंं। नेपालमा पछिल्लो २४ घण्टामा ४६३ जनामा कोरोना संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस बिफ्रिङमा उक्त संख्यामा नयाँ संक्रमित देखिएको जनाएको हो।
मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १०५ जना महिला र ३५८ जना पुरुष छन।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ।
पछिल्लो २४ घण्टामा १७९ जना डिस्चार्ज भइ घर फर्किएका छन। हालसम्म डिस्चार्ज हुनेहरुको संख्या ३ हजार १३ पुगेको मन्त्रालयले जनाएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *